Red Tie Day सम्पन्न

Red Tie Day सम्पन्न

Red Tie Day सम्पन्न

Red Tie भन्नाले विद्यालयका विद्यार्थी नेताहरु अर्थात Captain Vice Captain ले लगाउने टाई भन्ने बुझिन्छ । रोम्बस सेकेण्डरी स्कूलको ड्रेस कोड अनुसार सबै विद्यार्थीहरुले निलो रङ्गको टाई लगाउँछन् तर प्रत्येक कक्षाका Captain हरु झट्ट हेर्दा चिनिने र देखिने होस् भन्ने हेतु शैक्षिक वर्ष २०८१ देखि रातो टाई लगाउने नियम बनाएको हो ।

२०८१ साल असार  २२ गते रोम्बस सेकेण्डरी स्कूलले Red Tie Day मनाएको छ । उक्त दिन सम्पूर्ण कक्षाका निर्वाचित Captain र Vice Captain तथा School Captain र उनका अभिभावकहरुलाई समेत बोलाई Red Tie वितरण गरिएको थियो ।

निर्वाचित सबै विद्यार्थीहरु र उनका अभिभावकहरु पनि दङ्ग थिए । कार्यक्रममा प्र.अ. कोजूले देशका लागि जिम्मेवार असल । र सक्षम नेता यसरी नै विद्यालय- विद्यालयबाट तयार हुने भन्दै सबैलाई बधाई ज्ञापन गरेका छन् ।