आखिर रोज्ने के ?
आखिर रोज्ने के ?

डा. राजु अधिकारी एकजना प्रख्यात लेखक, जीवन विज्ञानका व्याख्याता तथा संस्कार शिक्षाका अभियन्ता हुन् । उनले लेखेका किताबहरु र उनका वाणीहरु मलाई निकै मनपर्छ । मेरो बुबा डा. राजेन्द्र कोजूको दराजमा डा. राजु अधिकारीद्वारा लिखित पुस्तक ‘आखिर रोज्ने के ?’ भेटाएँ ।
बुबाको दराजमा खोटल्दा मलाई रमाइलो लाग्ने २ वटा पक्ष छन् । उहाँको दराजमा भेटिने पुराना नोटबुक भेटिन्छन् र त्यसभित्र विभिन्न समय सन्दर्भमा लेखिएका कविताहरु भेटिन्छन् । म कविता लेख्दिन तर बुबाका कविता सुन्न र पढ्न मनपर्छ । दोस्रो रमाइलो पक्ष विभिन्न विद्वान व्यक्तित्वहरुद्वारा रचित वा लिखित पुस्तकहरु पनि भेटिन्छन् । उहाँको खल्तिमा अलि अतिरिक्त पैसा भएपछि किताब किन्ने बानी छ । त्यसकारण दराजमा प्रेरक व्यक्तित्वहरुको जीवनी र रचनाहरु थुप्रै भेटिन्छन् । आ त्यस्तै व्यक्तित्व मध्येका एक डा. राजु अधिकारीको किताब हातमा परेको छ । किताबलाई ससर्ति पल्टाउँदा मेरो आँखा पेज नं १८७ को ‘सर्वोपरी सद्गुण कुन ?’ शिर्षकमा पर्यो । यो शिर्षकमा गहिरोसँग घोत्लिएँ ।
सर्वोपरी सद्गुण कुन ?
क) क्षमताशिलता
क्षमा दिने सामर्थ्य जो कोहीसँग हुँदैन । यो आफैमा एक सुमार्गका रुपमा व्याख्या गरिएको छ । क्षमा दिनु मानवीय गुणका उत्कृष्ट र विशिष्ट स्वरुप रहेछ । क्षमा चिकित्सा विज्ञानका रुपमा पनि प्रयोग गर्न सकिने रहेछ । क्षमा दिनु उत्कृष्ट स्वचिकित्सा नै रहेछ । आफ्नो हित चाहनेले जीवनमा माफि दिने प्रकृतिको विकास गर्नुपर्ने बताउँछन् चर्चित व्यक्तित्व आर्कविसप । माफि नदिनु, क्षमा गर्न नसक्दा मान्छेलाई धेरै कष्ट हुनेरहेछ ।
ख) गल्ती स्वीकार्नु
अरु कलाजस्तै आफ्नो गल्ती स्वीकार गर्नु पनि एक असाधारण कला मानिन्छ । यसले कुण्ठा, अपराधबोध तथा पश्चातापको ग्रन्थीलाई रोकथाम गरी भविष्यलाई आराम र चैनमार्गमा दोहोऱ्याउन मद्दत गर्दछ । गल्ती स्वीकार गरी क्षमा याचना गर्नु अत्यावश्यक जीवन कौशलका रुपमा डा. अधिकारीले व्याख्या गरेका छन् । यो मननयोग्य नै छ ।
ग) प्रेमपूर्ण शब्दको प्रयोग
क्षमा माग्दा वा क्षमा दिँदासमेत अर्काको भावनामा चोट नलाग्ने गरी प्रेमपूर्ण शब्दको प्रयोग गर्न जरुरी हुन्छ । क्षमा दिनु अर्काको लागि होइन, आफ्नै लागि राम्रो हुँदो रहेछ । क्षमा दिनाले आफ्नै भोलिको समय सुखमय र आरामदायी हुनेरहेछ । कसैसँग रिरिइवी राखेर हिड्नु राम्रो होइन । जोसँग रिसिइवी राखिन्छ, आफू उसैको बशमा हुनेरहेछ ।
उपर्युक्त शिक्षा डा. राजु अधिकारीद्वारा लिखित पुस्तकबाट ग्रहण गरेँ । अत्यन्तै जीवन उपयोगी पुस्तक हातमा पाएर म निकै धन्य भएँ । तपाईहरु पनियो पुस्तक पढेर जीवनको सौन्दर्य बढाउन आग्रह
गर्दछु । धन्यवाद ।