राेम्बसका विद्यार्थी फार्मेसी डाक्टर
राेम्बसका विद्यार्थी फार्मेसी डाक्टर

राेम्बसका एकजना विद्यार्थी फार्मेसी डाक्टर भएका छन् । वि सं २०७३ सालमा यस विद्यालयवाट एस इ इ पास गरेकी मेरिट काेजूले राजिव गान्धि विश्वविद्यालय अन्तर्गत कर्णाटाका कलेज अफ हेल्थ साइन्सवाट डाक्टरेट इन फार्मेसी पास गरेकी हुन्। ५ बर्षकाे काेर्ष सकाएर डाक्टर उपाधि प्राप्त गरेकी २१ बर्षकी डा काेजूलाई आज विद्यालयमा आयाेजित एक कार्यक्रमका वीच सम्मान तथा बधाई कार्यक्रम आयाेजना गरिएकाे हाे । विद्यालयका प्रिन्सिपल डा राजेन्द्र काेजूले सम्मानित भएका डा काेजूलाई बधाई ज्ञापन पत्र तथा दाेसला अाेढाई सम्मान गरिएकाे थियाे । प्रिन्सिपल डा राजेन्द्र काेजूकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका निर्देशक सरिता काेजू , सहायक प्रिन्सिपल युनिक काेजू , मा वि इन्चार्ज जनक कार्की तथा विद्यार्थी प्रतिनिधिहरु जेसिमा श्रेष्ठ र श्राेता अधिकारीले बधाई ज्ञापन गरेका थिए ।
सम्मानित भएका डा मेरिट काेजूले आफू यसरी सम्मानित हुन पाएकाेमा निकै खुसी भएकाे र आफ्ना शिक्षकहरुका साथ संगै बसेर खुसी साट्ने अबसर पाएकाेले गाैरान्वित भएकाे बताए । उनले थपिन् ” सानाे बेला आफूले देखेकाे निराकार सपना र उद्देश्य साकार भएकाे दिन आफ्ना अभिभावकहरुसंग बसेर सफलताकाे कथा सुनाउन पाएकाे छु र याे मेराे साैभाग्य हाे । याे सफलतामा मेरी आमा बुबा , परिवार र शिक्षकहरुकाे महत्वपूर्ण भूमिका र लगानी छ ” । विद्यालयका प्रिन्सिपल डा राजेन्द्र काेजूले मेरिटकाे सफलता राेम्वसकाे पनि सफलता हाे र डा मेरिट काेजू सबै विद्यार्थीहरुकाे लागि उदाहरण र राेलमाेडेल भएकाे चर्चा गरे ।