बाल प्रतिभा सम्मान – २०८१ सम्पन्न
बाल प्रतिभा सम्मान – २०८१ सम्पन्न

६० औं राष्ट्रिय बाल दिवसको आयोजनामा रोम्बस बाल प्रतिभा सम्मान कार्यक्रम – २०८१ आयोजना गरेको छ । विद्यार्थीहरूसँग अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने अवसरको रुपमा यो एउटा डबली साबित भएको छ । गायन, नित्य तथा प्रतिभा भएका विद्यार्थीलाई उजागर गर्ने उद्देश्यले यी तिनै क्षेत्रमा प्रतिभावान विद्यार्थीलाई तीनवटा छुट्टाछुट्टै टाइटल अवार्डका लागि प्रतिस्पर्धा गराइएको
सो कार्यक्रम भाद्र २८, २०८१ मा सम्पन्न भएको थियो ।
प्रतिभा पहिचान कार्यक्रमका रूपमा आयोजित उक्त कार्यक्रममा आधारभूत छनौट राउण्ड, सेमिफाइनल राउण्ड विद्यालयमा नै सम्पन्न गरिएको थियो भने यसको फाइनल राउण्ड चानपाको तपा डम्फोमा रहेको हलमा गरिएको थियो । The Leader of Rhombus, Rhombus Dancing Star र Rhombus Singing Star का लागि गरिएको प्रतिस्पर्धामा सयौ जना विद्यार्थीहरूले अत्यन्त उत्साह र उत्सुकताका साथ सहभागिता जनाएका थिए । ९० जना विद्यार्थीहरुले विभिन्न विधाको प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।
प्रतिस्पर्धाका लागि छनौट भएका विद्यार्थीहरूलाई विद्यालयका सम्बन्धित विधाका प्रशिक्षकहरूले करिब एक महिना तयारी प्रशिक्षण गराई फाइनल राउन्डका लागि तयार पारिएको थियो । फाइनल राउन्डका लागि नृत्यमा १६ जना वक्तित्वमा २१ जना र गायनमा १६ जना छनौट गरिएको थियो । विद्यार्थीहरू सबैले आफूलाई अत्यन्त राम्रोसँग प्रस्तुत गरेतापनि प्रत्येक विधाबाट उत्कृष्ट तीनजना छनौट भएका थिए ।
तिनीहरूलाई विधागत रुपमा Star उपाधि दिएको थियो । चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धनबहादुर थिङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संगीतकार अष्ट लामा नृत्य निर्देशक नवराज कोइराला डान्स मास्टर इभेन्ट्सका सत्यानन्द अतिथिका रुपमा आमन्त्रित कार्यक्रमका दौरानमा थिए । अतिथिहरुले पनि आ-आफ्नो विधाका प्रस्तुति देखाएर उपस्थित अभिभावक, शिक्षकहरू र विद्यार्थीहरुलाई मनोरञ्जन दिएका थिए । अझ कक्षा १ का भाई सौरभचन्द र बहिनी जेनी बस्नेतको आकर्षक नृत्य प्रस्तुतिले सबै उपस्थितिको मन जितेको थियो ।
पुरस्कृत विद्यार्थीहरूलाई बालप्रतिभा सम्मान २०८१ प्रमुख अतिथि थिङले समर्पण गरेका थिए । जस अनुसार Rhombus Singing Star २०८१ को उपाधि वाङ्गिशल लामा, सुष्मा तामाङ र एन्जल तामाङले हात पारेका थिए । त्यसरी नै जेशिमा श्रेष्ठ सायुषा खड्का र रोशनी मुक्तान The Leader of Rhombus घोषित भएका थिए । यस वर्षको Rhombus Dancing Star क्रमशः लक्ष्मी तामाङ, प्रनिशा भुजेल र कञ्चन तामाङले नै हात पारे ।
आमा बुवाका अगाडि नै यसरी बालबालिकाहरु सम्मानित हुने, पुरस्कृत हुने समय सायद अनुपम होला । त्यसैले भनिन्छ नि, “सधैं बज्दैन ताली यसको पनि एउटा मौसम हुन्छ ।” भाद्र २९ गतेको बाल दिवसको मौसम रोम्बस स्कुलमा अत्यन्त हर्षोल्लासपूर्ण रहृयो । विद्यालयका प्र.अ. डाक्टर राजेन्द्र कोजूको सभापतित्व र शिक्षिका अस्मिता कार्कीको उद्घोषकत्वमा सम्पन्न कार्यक्रमका विजयी भाइबहिनीहरुलाई विद्यालयका निर्देशक सरिता कोजूले नगद पुरस्कार पनि प्रदान गरेकी थिइन् ।